scheduleसोमवार आश्विन ८ गते, २०७५

नेपाल नयाँ यात्रामा अघि बढेको छ : प्रधानमन्त्री ओली

काठमाडौं, २९ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल नयाँ यात्रामा अघि बढेको बताएका छन् । कारोवार दैनिकले आयोजना गरेको आर्थिक सम्मेलन –२०१८ को उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले लामो राजनीतिक संक्रमणपछि आर्थिक र विकासको समृद्धिको बाटोमा नेपाल अघि बढेको बताएका छन् । ‘लामो राजनीतिक संक्रमणकाल पार गर्दै संविधानसभाबाट संविधान जारी गरेपछि हामी आर्थिक विकास र समृद्धिको नयाँ यात्रामा अघि बढेका छौं,’ प्रधानमन्त्री ओलीले भने, ‘हामी समय खेर फाल्ने अवस्थामा छैनौं । समयको पूर्ण सदुपयोग गरेर नेपालमा विकासको लहर ल्याउन चाहन्छौं ।’

प्रधानमन्त्री ओलीले नेपालका अधिकांश जनता कृषिमा आश्रित भएकोले सरकार यो क्षेत्रको आधुनिकिकरण गर्न कृषि उद्योगलाई प्रोत्साहन गर्न सकारात्मक रहेको बताएका छन् । ‘नेपालको कृषि र पर्यटन नेपालीलाई समृद्ध बनाउने मुख्य आधार हुनसक्छन्,’ प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले नेपालमा निर्धक्क भएर लगानी गर्न विदेशी लगानीकर्ताह्रुलाई आग्रह गरेका छन् । ‘नेपालमा अहिले लगानीको वातावरण बनेको छ । विदेशी लगानीकर्ताहरुलाई पनि म ढुक्क भएर लगानी गर्न आग्रह गर्दछु,’ प्रधानमन्त्री ओलीले भने ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob