scheduleसोमवार आश्विन ८ गते, २०७५

जिन्स खरिद गर्दा यी कुरामा ध्यान दिनुहोस्

एजेन्सी, २९ भाद्र । जिन्सको कपडा सदाबाहर र सबैलाई मनपर्ने भएकोले यसको खपत विश्वभरी नै हुन्छ । जिन्स खरिद गर्दा केही कुरामा ध्यान दिन सकियो भने यो परिधानले तपाईलाई फाइदा पुग्न सक्छ । आज हामी तपाईलाई केही त्यस्ता टिप्सको बारेमा बताउँदै छौं जुन जिन्स खरिद गर्दा तपाईले ध्यान दिनुपर्छ ।

यदि तपाई अफिस वा पार्टीको लागि जिन्स खरिद गर्दै हुनुहुन्छ भने कहिल्यै पनि कडा रंगको जिन्स नलिनुुहोस् ।

जिन्स खरिद गर्दा तपाईले सधै आफ्नो व्यक्तित्व विचार गर्नुपर्ने हुन्छ । यदि तपाईको कम्मरमुनिको भाग र फिलामा मासु पुष्ट छ भने तपाईले एक्सट्रा लो वेस्ट जिन्स चयन गर्नु हुँदैन । यस्तो समयमा सधै मिड वेस्ट वा हाई वेस्ट जिन्स चयन गर्नुहोस् । यसले तपाईलाई स्टाइल र कम्फर्ट दिन्छ ।

तपाईलाई प्लेन जिन्स मन पर्ने भएपनि कहिले काँही फरक स्टाइलले पनि तपाईलाई सुन्दर देखाउँछ । तपाई गेट टुगेदर वा डे पार्टीको लागि लेटेस्ट ट्रेण्डमा रहेका जिन्सहरु खरिद गर्न सक्नुहुन्छ ।

एकै प्रकारको वा एकै रंगका जिन्सहरु कहिल्यै पनि खरिद नगर्नुहोस् । समय अनुसार जिन्स खरिद गर्नुहोस् । अफिस, पार्टी, आउटडोर सबैका लागि अलग अलग चयन गर्नुहोस् ।

जिन्स खरिद गर्दा कपडामा जरुर ध्यान दिनुहोस् । कतिपय अवस्थामा तपाई डिजाइनरबाट प्रभावित भएर जिन्स लिनुहुन्छ तर त्यसको फैब्रिक राम्रो नहुन सक्छ । कपडालाई छोएर, एकपटक लगाएर र त्यसको कम्प्याटिबिलिटि चेक गरेर मात्र खरिद गर्नुहोस् ।

कटन मिक्स र लाइनन मिक्स जिन्स सजिलो साथ साथै परफेक्ट लुक्स दिन्छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob