scheduleसोमवार आश्विन ८ गते, २०७५

भारतबाट लुकाएर ल्याएको अवैध पटकासहित २ जना पक्राउ

मोरङ, २९ भदौ । अवैधरुपमा लुकाई छिपाई ल्याएको ४५० प्याकेट पटकासहित कटहरी गाउँपालिका–८ बस्ने ४५ वर्षीया मिना खातुन र सोही स्थान बस्ने २५ वर्षीय अवरुल खातुनलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

जहदा गाउँपालिका–५ लक्ष्मिनिया चोकमा प्रहरीले जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ लुकाई छिपाई झोलामा ल्याएको उक्त परिमाणको पटका सहित उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले मिना खातुनको साथबाट २ सय प्याकेट र अवरुल खातुनको साथबाट २ सय ५० प्याकेट पटका फेला पारेको जनाएको छ ।

उनीहरुमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob