scheduleसोमवार आश्विन ८ गते, २०७५

मानिसदेखि पशुपंक्षीसम्म दृष्टिविहिन रहेको गाउँमा जब वैज्ञानिक पुगे …

एजेन्सी, २९ भाद्र । विश्वमा कहीँ एउटा यस्तो गाउँ छ जहाँका मानिसदेखि पशुपंक्षीसम्म सम्पूर्ण दृष्टिविहिन छन् । यो गाउँको बारेमा सुन्दा जोकोहीलाई अविश्वास लाग्न सक्छ । तर यो वास्तविक हो ।

मिडिया रिपोर्टको अनुसार जोपोटेक नामका जनजाती बसोबास गर्ने यो गाउँको नाम ‘टिल्टेपक’ हो ।

यो गाउँका पंक्षीहरु दृष्टि गुमेका कारण उड्न सक्दैनन् । उड्दा रुखसँग ठोक्किएर लड्छन् । पशुहरुको अवस्थ पनि त्यस्तै छ हिँडडुल गर्न नसक्ने भएका कारण आहारा खोज्न सक्दैनन् । मानिसहरुको अवस्था पनि पशुपंक्षीको भन्दा फरक छैन यहाँ । यो गाउँको अस्तित्व विश्वका लागि सबैभन्दा ठूलो अनौठो विषय बनेको छ ।

यस गाउँमा जन्मेको केही समयसम्म बच्चा स्वस्थ्य हुन्छ तर केही दिन पछि उनीहरुले दृष्टि गुमाउँछन् । सडक किनार नजिक रहेको यस गाउँका घरहरु देख्दा अझ अनौठो लाग्छ । त्यहाँ झोपडी घरहरु छन् जसको एउटै पनि झ्यालहरु छैनन् यस पछिको कारण भनेको मानिसहरुलाई उज्यालोको आवश्यकता नहुनु हो । गाउँमा लगभग ७० वटा घरहरु छन् । त्यहाँ जोपोटिक जातीका लगभग तीन सय रेड इंडियन मानिसहरु बस्छन् । अभावग्रस्त ती मानिसहरु ढुङ्गामा सुत्छन् ।

खाद्य वस्तुको कुरा गर्ने हो भने यिनीहरु सिमि, बाजरा र खुर्सानी खान्छन् । यिनीहरुसँग काठले बनेको औजारहरु हुन्छ जसको सहाराले यिनीहरु काम गर्छन् । यिनीहरु रातको समयमा खाना खाएर, नशालु पदार्थ सेवन गरी नाँच्दै गाउँदै निदाउँछन् ।

गाउँका मानिसदेखि पशुपंक्षी सम्पूर्णलाई दृष्टिविहिन बनाउने पछाडिको एउटा कारण रहेको गाउँलेहरुको एउटा विश्वास छ । हजुर, गाउँलेहरु यस पछाडीको कारण एउटा रुखलाई मान्छन् जसको नाम ‘लावजुएजा’ हो । यसलाई हेरेपछि मानिसहरु अन्धो हुन्छन् ।

जब वैज्ञानिकहरुले यस गाउँको बारेमा सुने तब उनीहरु यसप्रति आकर्षित भए । तर वैज्ञानिकले त्यो रुखमाथि अध्ययन गर्दा त्यस्तो केही पाएनन् र वैज्ञानिकले फरक कारण बताए ।

वैज्ञानिकले यस्तो एक विशेष किसिमको विषाक्त झिँगाले टोक्दा हुने बताए । यी झिँगाले टोकेर एक किसिमको किटाणुलाई शरीरमा छोड्छन् जसले आँखाको नसालाई अवरोध गर्छ र मानिसहरु देख्न छोड्छन् । यो एक विशेष किसिमको कालो झिँगा हो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob