scheduleसोमवार आश्विन ८ गते, २०७५

होश गर्नुहोस्,  बजारमा नक्कली नोटको बिगबिगी

फाइल फाेटाे

गोरखा, २९ भदौ । जिल्लामा नक्कली नोटको बिगबिगी बढेको छ । नक्कली नोट भेटिएपछि सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले जिल्लास्थित बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बैंक तथा बित्तीय संस्थाका प्रमुख एवं प्रतिनिधिलाई कार्यकक्षमा बोलाइ अनिवार्यरुपमा नक्कली नोटको पहिचान गर्नसक्ने खालका मेशिनको प्रयोग गर्न निर्देशन दिए । यहाँको प्राइम बैैंक र सिद्धी गणेश बचत तथा ऋण सहकारी संस्थामा गत साता एक हजारका तीन नक्कली नोट फेला परेपछि प्रजिअ भट्टराईले सतर्कता अपनाउन निर्देशन दिएका हुन् ।

‘गोरखा र लमजुङमा भेटिएको नक्कली नोटको नम्बर एउटै भएको जानकारीमा आएको छ,’ प्रजिअ भट्टराईले भने । सूचना लुकाएर राख्दा आपराधिक गतिविधि बढ्न सक्ने भएकाले समयमै खबर गर्न उनले बैंकलाई निर्देशन दिएका छन् । रासस

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob