scheduleसोमवार आश्विन ८ गते, २०७५

‘कुछ कुछ होता है’ को सिक्वेलमा यी कलाकारलाई कास्ट गर्छन् करण जोहर

एजेन्सी, २९ भाद्र । बलिउडको चर्चित म्युजिकल रोमान्टिक फिल्म ‘कुछ कुछ होता है’ ले आफ्नो बीसौं वर्षगाँठ पूरा गरिरहँदा निर्देशक करण जोहरले यस फिल्मको अर्को सिक्वेल निर्माण गर्ने संकेत दिएका छन् ।

धेरै फिल्महरुको सिक्वेल बनिरहेको अवस्थामा करणलाई एक कार्यक्रममा यो ब्लकबस्टर फिल्मको सिक्वेल बन्ने सम्भावनाबारे प्रश्न गरिएको थियो । यो प्रश्नको उत्तर दिँदै करणले फिल्म बनेको खण्डमा रणवीर कपूर, आलिया भट्ट र जान्वी कपूरलाई कास्ट गर्ने बताए ।

हालका दिनहरुमा करण रेडियो आरजेको रुपमा एक शोमा व्यस्त छन् । यसै दौरान एक लिसनरले उनीसँग यसबारे प्रश्न गरेका थिए ।

साथै करण जोहरको ‘स्टूडेन्ट अफ द इयर’को पनि सिक्वेल बन्दैछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob