scheduleसोमवार आश्विन ८ गते, २०७५

सदनबाटै गगनको चुनौती बादललाई- ‘हिम्मत भए प्रधानमन्त्रीलाई भन्नुस्’


काठमाडौं, २९ भदौ । नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले अनुसन्धान प्रभावित गर्ने गरी नबोल्न प्रधानमन्त्रीलाई सुझाव दिन गृहमन्त्री रामबहादुर थापा बादललाई चुनौती दिएका छन् ।

शुक्रबार संसद बैठकमा बोल्दै सांसद थापाले ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले निर्मला पन्त हत्या प्रकरणको अनुसन्धान प्रक्रिया प्रभावित पार्नेगरी अभिव्यक्ति दिएको आरोप लगाए ।

‘अरुले अनुसन्धान प्रक्रिया प्रभावित हुनेगरी नबोलौं तर, प्रधानमन्त्री स्वयम्ले अनुसन्धान प्रक्रिया प्रभावित हुनेगरी बोल्नुभएको छ,’ सांसदको जवाफ दिन उपस्थित गृहमन्त्री बादललाई उनले भने, ‘गृहमन्त्रीज्यू, तपाईंसँग हिम्मत भए प्रधानमन्त्री स्वयम्लाई भेटेर यस्तो नगर्न सम्झाउन किन सक्नुहुन्न ?’

के बोलेका थिए प्रधानमन्त्रीले ?

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob