scheduleसोमवार आश्विन ८ गते, २०७५

सर्जियो बुस्क्वेटबारे यसो भन्छन् यी प्रशिक्षक

काठमाडौँ, २९ भदौ सर्जियो बुस्क्वेट्लाई स्पेनिस राष्ट्रिय टिमका पूर्व प्रशिक्षक भिसेन्ट डेल बोस्क्युले आफूले आलोचनाकाबीच राष्ट्रिय टिममा उतारेको बताएका छन् ।

सर्जियो बुस्क्वेट्ले बार्सिलोनाबाट डेब्यू गरेको १० वर्ष पुगेको छ । यसै अवसरमा ईएस स्पोर्टससँग कुरा गर्दै आफूले आलोचनाकोबीचमा उनलाई सन् २०१० को साउथ अफ्रिका विश्वकपमा स्थान दिएको बताएका हुन् ।

युवा खेलाडी बुस्क्वेट्सलाई टिममा समावेश गरेको भन्दै उनको तिब्र आलोचना समेत भएको थियो । बुस्क्वेट्सको बारेमा बोल्दै उनले भने ‘बुस्क्वेट्स टिममा सहभागी अन्य खेलाडीको लागि उपहार हुन् । उनीबीना राष्ट्रिय टिमले पाएको सफलता कठिन हुनसक्थ्यो ।’

युईएफए नेसन्स लिग अन्तर्गत क्रोएशियासँगको खेलमा बार्सिलोनाबाट व्यवसायिक फुटबल खेल्ने खेलाडीमा बुस्क्वेट्समात्रै परेका थिए । यसबारेमा पनि डेल बोस्क्युले प्रतिक्रिया दिएका थिए । उनले भने ‘राष्ट्रिय टिममा बार्साको खेलाडीको उपस्थिति न्यून हुनु आश्चर्यजनक कुरा हो । तर, यो एउटा प्रकृया हो । यसको मतलव ला मासिया कमजोर भयो भन्ने होइन । मात्र यो प्रकृया हो ।’

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob