scheduleसोमवार आश्विन ८ गते, २०७५

जिउँदै सर्प निलेपछि …

भारत, २८ भदौ । भारतको उत्तर प्रदेशमा एक व्यक्तिले जिउँदै सर्प निलेका छन् । अमरोहमा रक्सीको नशामा लठ्ठ ४० वर्षिय महिपाल सिंहले जिउँदै सर्प निलेका हुन् ।

महिपालले उक्त सर्पलाई निलेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

नशामा लठ्ठ महिपालले बाटोमा हिँडिरहेको सानो सर्पलाई घुमाई घुमाइ खेलाईरहेका थिए । त्यत्तिकैमा गाउँलेहरु जम्मा भए । गाउँलेहरुकै उक्साहटमा महिपालले उक्त सर्पलाई मुखमा हालेर निले पनि ।

गाउँलेहरु चकित त बने । तर सर्प निलेको केही समयमै महिपालको स्वास्थ्यमा समस्या देखिन थाल्यो । उनले बमिट गरे । तर सर्प निस्किएन । गाउँलेहरुले नै उनलाई अस्पताल त पु¥याए । तर सर्प निलेको ४ घण्टापछि महिपालको मृत्यु भएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob