scheduleसोमवार आश्विन ८ गते, २०७५

सुपमा मुसा भेटिएपछि रेस्टुरेन्टले गुमायो १९ करोड डलर

एजेन्सी, २८ भाद्र । एकजना गर्भवती महिलाले आफ्नो सुपमा मरेको मुसा भेटेपछि चीनको एउटा चर्चित रेस्टुरेन्टले करिब १९ करोड डलरको बजार मूल्य गुमाएको छ ।

मृत मुसालाई सुपबाट चपस्टिकको सहाराले झिकेको तस्वीर भाइरल भएपछि हटपट रेस्टुरेन्ट सियाबुको स्टक मार्केट यो वर्षकै कम अंकमा झरेको छ ।

रेस्टुरेन्टले ती महिलालाई जरिवानास्वरुपमा पाँच हजार यान भूक्तानको अफर गरेको बताइएको छ । स्थानीय समाचारका अनुसार ती महिलाका श्रीमानले आफ्नी श्रीमतीको सम्पूर्ण शरीरको चेक जाँच हुनुपर्ने बताउँदै उक्त अफरलाई अस्वीकार गरेका थिए ।

ती गर्भवती महिला परिवारसँग खानाका लागि उक्त रेस्टुरेन्टमा ६ सेप्टेम्बरमा पुगेकी थिइन् । केही चम्ची खाएपछि उक्त सुपबाट उनले मरेको मुसा फेला पारेकी थिइन् ।

महिलाको श्रीमानले उनको श्रीमतीलाई त्यहाँका कर्मचारीहरुले आफ्नो बच्चाको स्वास्थ्यका लागि चाँडै गर्भपतन गर्न सल्लाह दिनुका साथै बीस हजार यान दिने लोभ दिएको आरोप लगाएका छन् ।

मृत मुसाको तस्वीर चिनियाँ सामाजिक सञ्जालहरुमा भाइरल भएपछि मानिसहरुले आक्रोशपूर्ण प्रतिक्रिया दिएका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob