scheduleसोमवार आश्विन ८ गते, २०७५

दुई महिनादेखि बेपत्ता छिन् यी चर्चित हलिउड अभिनेत्री

एजेन्सी, २८ भाद्र । हलिउड एक्सन सिरिज एक्स म्यानकी अभिनेत्री फेन बिङबिङ पछिल्लो दुई महिनादेखि बेपत्ता भएकी छिन् । चिनियाँ मिडियामा अहिले यो खबरले निकै चर्चा बटुलिरहेको छ ।

२०१८ जुलाईमा सामाजिक सञ्जालको आफ्नो अकाउन्टमा अन्तिम पटक पोस्ट गरेकी फेनको हालसम्म कुनै पोस्ट अपडेट भएको छैन । यसबाट उनी बेपत्ता भएको हुनसक्ने अनुमान लगाइएको छ ।

फेन बिङबिङ चीनकी सबैभन्दा महंगी अभिनेत्री हुन् । हालै उनी बेपत्ता भएको खबर आएको हो । मिडियाहरुले फेनले नयाँ व्यापार शुरु गर्नका बैंकबाट ऋण लिएकी थिइन्, तर त्यसलाई चुक्ता गर्न नसकेपछि उनी प्रशासनको पकडमा आएको अनुमान लगाएका छन् ।

फेन बिङबिङले एक्स म्यान बाहेक अन्य धेरैवटा ठूला फिल्महरुमा काम गरिसकेकी छिन् । सबै फिल्महरुमा दर्शकहरुबाट यिनको कामलाई निकै सराहना मिल्दै आएको छ । २०१७ मा सबैभन्दा बढी युट्युबमा हेरिने स्टारमामध्ये पहिलो नम्बरमा उनी थिइन् ।

फेन हलिउडमा सुन्दर र महंगी अभिनेत्री मानिन्छिन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob