scheduleसोमवार आश्विन ८ गते, २०७५

मेरो पनि बायोपिक बन्नसक्छ : गोविन्दा

एजेन्सी, २७ भाद्र । राजकुमार हिरानीले अभिनेता सञ्जय दत्तको जीवनमा आधारित बायोपिक बनाएपछि बलिउडमा बायोपिक फिल्मका चर्चाहरु चलिरहेका छन् ।

यसैबीच बलिउडका चर्चित अभिनेता गोविन्दाले पनि आफ्नो बायोपिक बन्नुपर्ने इच्छा व्यक्त गरेका छन् । गोविन्दाले आफ्नो बायोपिकबाट जीवनमा संघर्ष गरिरहेका मानिसहरु प्रभावित हुनसक्ने बताएका छन् । उनले आफ्नो फिल्म ‘फ्रायडे’ को ट्रेलर रिलिज समारोहमा त्यस्तो बताएका हुन् ।

गोविन्दले आफू तल्लो तहबाट सफलतामा पुगेको कलाकार भएको बताए । उनी आफूले कम अवसर पाएको तर पाएका अवसरलाई राम्ररी सदुयोग गरेको बताउँछन् । यद्यपी उनले आफ्नो बायोपिक बनाउने समय अहिले नै नआएको र त्यसको लागि केही समय प्रतिक्षा गर्नुपर्ने बताए ।

गोविन्दाको फिल्म १२ अक्टोबारमा रिलिज हुँदैछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob