scheduleसोमवार आश्विन ८ गते, २०७५

अक्षयका कारण फिल्म खेल्न छाडिन ट्वींकलले

मुम्बई, २६ भदौ । चलचित्रको दुनियाँमा अधिकांश नायिकाहरु वैवाहिक बन्धनमा बाँधिएपछि अभिनयको यात्रालाई पुर्णविराम दिन्छन् । कतिपयले श्रीमानका कारण देखाउँछन् त कतिले परिवार भएपछि अभिनयलाई समय दिन नसक्ने बताउँछन् । त्यस्तै अभिनेत्री ट्वींकल खन्नाले पनि अभिनेता अक्षय कुमारसँगको विवाहपछि अभिनय छोडेको बताउँछिन् ।
उसोतः तत्कालिन अवस्थामा चलचित्रमा अभिनयका क्रममा संघर्ष गरिरहेकी नायिका ट्वींकल खासै जम्न भने सकेकी थिइनन् । उनले अभिनय गरेका अधिकांश फिल्म फ्लप नै छन् । तर त्यसै क्रममा विवाह भएपछि श्रीमान् अक्षयले पनि उनलाई अभिनयका लागि अनुमति नदिएको बताउँछिन् ।
हालै एक कार्यक्रममा ट्विंकलले श्रीमानका कारण बिहेपछि चलचित्र खेल्न नपाएको गुनासो खुलासा गरिन् । ट्विंकलका अनुसार अक्षयले कहिले पनि उनको अभिनयको तारिफ गरेनन् ।

अहिले ट्वींकललाई त्यतिबेला अक्षयले ठिकै भएका हुन् जस्तो लाग्ने बताउँछिन् । अभिनयमा सक्रिय नभएकी ट्विंकल बरु लेखनमा सक्रिय छिन् । हालैमात्र उनको नयाँ पुस्तक आएको छ । उनी मनमा लागेका कुरा पनि सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्छिन् । त्यसैले त उनी बेलाबखतमा विवादमा पनि तनिन्छिन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob