scheduleसोमवार आश्विन ८ गते, २०७५

३०औं जागिर फेरेका ज्याक मा यसरी बने संसारकै धनीमध्ये एक

एजेन्सी, २६ भाद्र । ई-कमर्शको दुनियाँमा परिचित नाम अलीबाबाका सह-संस्थापक तथा चीनका चर्चित व्यापारी ज्याक माले कम्पनी बोर्डको अध्यक्षको कुर्सी छोड्ने घोषणाले विश्वभरी नै चर्चा पाएको छ ।

५४ वर्षीय ज्याक माको पदत्याग बाहेक उनको व्यक्तित्व पनि सधै चर्चामा नै रहँदै आएको छ । आज हामी यी नै विख्यात व्यक्तित्व ज्याक माको बारेमा तपाईलाई पाँच रोचक तत्थ बताउन जाँदैछौं जुन सायद धेरैलाई थाहा छैन ।

चीनको एक गरिब परिवारमा जन्मिएका ज्याक माले आफ्नो करियरको शुरुवात एउटा अंग्रेजी शिक्षकको रुपमा गरेका थिए । शिक्षक सेवामा आवद्ध हुन अघि उनले ३० वटा नोकरीलाई रद्द गरिसकेका थिए । ती मध्ये एउटा नोकरी केएफसीको पनि थियो ।

कम्प्युटर ज्ञानको पृष्ठभूमि नभए पनि ज्याक माले दुई दशक पहिले आफ्नो अपार्टमेन्टमा अलीबाबाको नीव राखे । यसका लागि ज्याक माले आफ्ना केही साथीहरुसँग अनलाइन मार्केटप्लेसमा लगानीका लागि राजी गराए ।

फोर्ब्सको २०१७ को सूची अनुसार ज्याक मा चीनका तेस्रो धनाढ्य व्यक्ति हुन् । फोर्ब्सले उनको सम्पत्ति ३६ अर्ब ६० करोड डलर भएको बताएको थियो ।

४२० अर्ब डलरको कम्पनी अलिबाबामा ज्याक माको करिब नौ प्रतिशत लगानी छ । सन् २०१४ मा अलीबाबाले विश्वकै सबैभन्दा ठूलो सार्वजनिक हिस्सेदारीको माध्यमबाट २५ अर्ब डलर जुटाएको थियो ।

ब्ल्याक फ्राइडे र साइबर मंडे जस्ता शपिंग इभेन्टको माध्यमबाट ज्याक माले अमेरिकामा पनि आफ्नो रवाफ जमाएका थिए ।

ज्याक माले दश वर्ष पहिले नै आफ्नो उत्तराधिकारीको बारेमा विचार गर्न शुरु गरिसकेका थिए । सन् २०१३ मा बोर्डको अध्यक्ष बन्नका लागि उनले मूख्य कार्यकारीको कूर्सी छोडेका थिए । त्यसपछि उनले ज्याक मा फाउण्डेशनको माध्यमबाट चीनका ग्रामिण क्षेत्रहरुमा शिक्षाको प्रचार प्रसार गर्ने कामा शुरु गरेका थिए ।

अलीबाबाको संस्थापक साझेदारको भूमिकामा रहेको अवस्थामा अब ज्याक मा शिक्षातर्फ फर्किन चाहन्छन् । यही सिलसिलामा उनले ब्लूमबर्गलाई दिएको एक साक्षात्कारमा आफुले बिल गेट्सबाट धेरै कुरा सिकेको बताएका थिए ।

पछिल्लो वर्षको जनावरी महिनामा ज्याक माले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको आफ्नो भेटवार्ता राम्रो भएको बताएका थिए । भेटवार्ता पछि ज्याक माले आफु र ट्रम्प चीन अमेरिकाको सम्बन्ध मजबूत, बलियो मित्रता र अझ असल हुनुपर्नेमा सहमति भएको बताएका थिए ।

त्यस समय ट्रम्पले ज्याक मा एकजना महान् उद्योगपति भएको र उनले अमेरिका र चीन दुवैलाई माया गर्ने गरेको भन्दै तारिफ गरेका थिए ।

तर अहिले ज्याक मा यस्तो अवस्थामा कुर्सी छोड्ने घोषणा गर्दैछन् जब चीनका निर्माता र कारोबार अमेरिकाको साथ जारी व्यापार युद्धको कारण चुनौतीको सामना गरिरहेको छ ।

ज्याक मा अत्यधिक चर्चामा रहने उद्योगपतिमध्ये एक हुन् । सन् २०१७ मा ज्याक माले अलीबाबा कम्पनी स्थापनाको वर्षगाँठमा आयोजित कार्यक्रममा स्वर्गीय माइकल ज्याक्शनको जस्तै कपडा पहिरिएका थिए ।

पछिल्लो वर्ष उनले अभिनयको दुनियाँमा पनि कदम राखेका थिए । ज्याक मा एउटा शर्ट फिल्ममा मार्सल आर्ट मास्टर जेट लीको साथमा देखा परेका थिए । उनी मार्सल आर्ट्सका फ्यान हुन् । उनी ३० वर्षभन्दा धेरै अघिदेखि ताई चीको अभ्यास गरिरहेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob