scheduleसोमवार आश्विन ८ गते, २०७५

पोखराको सेती थुनिदा ताल बन्यो, सचेत रहन आग्रह

पोखरा, २६ भदौ । पोखरामा सोमबार देखी निरन्तर परेको पानीका कारण सेती थुनिदा ताल बनेको छ । पोखराका मुख्य तथा खहरे खोलाहरुमा पानीको बहाव बढे र सेतीमा पुग्दा सेती थुनिएको हो ।

पोखराको रामघाटमा पानी जमेर ताल बनेको छ । प्रहरीले सचेत रहन आग्रह गरेको छ । ठुलो पानी पर्दा सेती प्रत्येक वर्ष थुनिने गरेको छ ।

ठूलो पानी परेपछि त्यसको भार रामघाटमा बढी पर्छ । बर्षाले हालसम्म अप्रिय क्षति भएको छैन । रामघाटसँगै फेवातालमा पनि लेदो पसेको छ । जलाधारका खोलाबाट बगेको लेदोका कारण फेवातालको पानी धमिलिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob