scheduleसोमवार आश्विन ८ गते, २०७५

आफ्नो शेयर हेरेर जान्नुहोस्, क्रमशः २०%, २१%, २५% र ४०% मध्ये कति लाभाँश पाउँदै हुनुहुन्छ ?

काठमाडौं, २५ भदौ । विभिन्न चार प्रकारका शेयर हुनेले २० देखि ४० प्रतिशतसम्म नगद लाभाँश र बोनस पाउने भएका छन् । सोमबार ती संस्थाहरु कसैले लाभाँशका लागि प्रस्ताव गरेका छन् भने कसैको लाभाँश नेपाल राष्ट्र बैंकबाट स्विकृत भएका छन् ।

वोमी माइक्रोफाइनान्स सञ्चालक समितिले प्रस्ताव गरेको २५ प्रतिशत नगद लाभांशलाई नियामक नेपाल राष्ट्र बैंकले स्वीकृत गरेको छ । कम्पनीले गत वर्षको कमाईबाट सेयरधनीलाई २५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । अब कम्पनीको साधारण सभाले नगद लाभांश दिने निर्णयलाई पारित गरेपछि लगानीकर्ताले उक्त लाभाँश पाउनेछन् ।

यता समता माइक्रोफाइनान्स वित्तीय संस्थाले गत वर्षको कमाईबाट शेयरधनीलाई २१.०५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले हाल कायम पुँजीबाट १० प्रतिशत बोनस र ११.०५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

सञ्चालक समितिको उक्त लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्विकृति पाएपछि आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि लगानीकर्ताले पाउनेछन् ।

यता बोटलर्स नेपाल (तराई) र बोटलर्स नेपाल (बालाजु) दुवै कम्पनीले नगद लाभांश दिन लागेका छन् । बोटलर्स नेपाल (तराई) ले ४० प्रतिशत र बोटलर्स नेपाल (बालाजु) ले २०प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेका छन् ।

अब साधारण सभाबाट अनुमोदन गरेपछि लाभाँश वितरण हुनेछ । दुवै कम्पनीले सोमबार साधारण सभा गर्ने मिति पनि सार्वजनिक गरेका छन् । जसमा बोटलर्स नेपाल (बालाजु) को असोज १५ मा साधारण सभा हुनेछ भने बोटलर्स नेपाल (तराई) को असोज १६ मा साधारण सभा बोलाइएको छ ।

साधारण सभा गर्न बालाजुले असोज १ गतेदेखि साधारण सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । यसैगरी, बोटलर्स नेपाल (तराई) ले पनि असोज २ गतेदेखि साधारण सभा हुने दिनसम्म बुक क्लोज गर्नेछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob