scheduleसोमवार आश्विन ८ गते, २०७५

तपाईसँग कुन शेयर छ ? २ संस्थाले क्रमश: दिंदैछन् २५% नगद लाभाँश र २२% बोनस

काठमाडौं, २४ भदौ । वोमी माइक्रोफाइनान्स वित्तीय संस्थाले सेयरधनीलाई २५ प्रतिशत नगद लाभांश दिने भएको छ । संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट हालको चुक्ता पुँजीको उक्त मात्रामा अर्थात् (दुई करोड ५२ लाख ७२ हजार रुपैंया)को लाभांश दिने प्रस्ताव गरेको हो ।

संस्थाको उक्त प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृति दिईसकेको छ । कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले उक्त नगद लाभांश पाउने छन् ।

यस्तै जानकी फाइनान्स कम्पनी लिमिटेड वित्तीय संस्थाले सेयरधनीलाई २३.१६ प्रतिशत लाभांश दिने भएको छ । संस्थाले गत आवको नाफाबाट सेयरधनीलाई २२ प्रतिशत बोनस र कर प्रयोजनको लागि १.१६ प्रतिशत नगद गरी उक्त लाभाँश दिन प्रस्ताव गरेको हो ।

उक्त बोनस तथा नगद लाभाँश स्विकृतिका लागि नेपाल राट्र बैंकसमक्ष पठाएको कम्पनीले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob