scheduleसोमवार आश्विन ८ गते, २०७५

निर्वस्त्र तस्वीर धितो राखे ऋण पाइने

२२ भदौ । आफ्नो क्षमताभन्दा ठूलो कुराको पूर्तिका लागि कहीँ कतैबाट ऋण लिन्छौं । त्यो बैंक होस या फाइनान्स या कुनै संस्था । जहाँबाट ऋण लिँदा पनि त्यहाँ कुनै न कुनै सामान धितो राख्नु पर्ने हुन्छ । विना धितो ऋण पाउँन सकिँदैन । त्यसैले घरजग्गाको लालपुर्जा, अन्य खाले जिन्सी सामानहरु हामी धरौती राखेपछि मात्रै ऋण पाइन्छ ।

तर चीनमा भने एउटा कम्पनीले नयाँ किसिमको धरौती राख्ने पाइने व्यवस्था गरेको छ । उक्त कम्पनीले कर्जा लिने महिलाका निर्वस्त्र तस्वीर धरौतीका रुपमा राखेर ऋण दिने गर्दछ ।

Jiedaibao नामक उक्त कम्पनीले ग्राहकहरूलाई अनलाइन मार्फत नै कर्जा प्रदान गर्दछ । यस कम्पनीबाट कर्जा लिन न कुनै फारम भर्नुपर्छ न त कुनै एजेन्टको आवश्यकता नै पर्छ । यसका लागि केवल महिलाले निर्वस्त्र भएर आफ्नो तस्विर खिचाई आफ्नो परिचयपत्र दिए पुग्छ ।

तर यसो गरेर लिएको कर्जा समयमा चुक्ता गर्न नसकेको खण्डमा भने कम्पनी निकै कडा रुपमा प्रस्तुत हुन्छ । कम्पनीले कर्जा लिने महिलाको उक्त नग्न तस्वीर उसको परिवार तथा आफन्तमाझ भाइरल गराइदिन्छ । भने उक्त नग्न तस्वीर र पहिचानको पूर्ण विवरण सोसल साइटमा अपडेट गरिदिन्छ ।
एजेन्सी

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob