scheduleसोमवार आश्विन ८ गते, २०७५

डस्टबिनमा १९ लाख, फोहोर बाेकेर बैंकमा

एजेन्सी, १९ साउन । चीनमा एक व्यक्तिले फोहर सम्झेर १९ लाख रुपैयाँ डस्टबिनमा फालिदिए । चीनको लियाओनिंग प्रान्तमा वांग नामक एक व्यक्तिले घरबाट निस्किँदा एउटा हातमा फोहोरको झोला र अर्काे हातमा १ लाख २४ युआन (लगभग १९ लाख नेपाली रुपैयाँ) बराबरको झोला बोकेर निस्किए । गल्तीले उनको फोहरको डस्टबिनमा पैसा भएको थैलो फालिदिए । र बैंकमा पैसा जम्मा गर्न जाँदा उनी फोहोरको झोला चाँही लिएर पुगे ।

उनको होसहवस नै उड्, दौडेर डस्टबिनमा पुगे । त्यहाँ वांगले पैसा खोज्ने धेरै कोसिस गरे तर पैसा भेटिएन । त्यसपछि वाग तत्कालै प्रहरीमा गए र त्यहाँ आफ्नो पैसा हराएको वेलिविस्तार लगाएर गुनासो दर्ता गराए ।

प्रहरीले त्यहाँको सिसिटिभी फुटेज जाँच गर्यो तर फुटेज प्रस्ट नभएका कारण केही पनि थाहा हुन सकेन् । त्यसपछि प्रहरीले त्यहाँ आसपासका मानिसहरुसँग सोधपुछ थाल्यो । सोधपुछमा एक महिला अगाडि आइन् । उनले पुलिसलाई पैसाले भरिएको व्याग दिइन् । महिलाले प्रहरीलाई आफू यो पैसाको थैलो भेटेपछि आरामसँग सुत्न नसकेकाले प्रहरीलाई जिम्मा लगाउन आएको बताइन् । महिलाको इमानदारी देखेर वांग निकै खुसी भए । उनले महिलालाई २ हजार युआन इनाम दिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob