scheduleसोमवार आश्विन ८ गते, २०७५

सुन तस्करीका मुख्य पात्र पक्राउ परिसकेः गृहमन्त्री

काठमाडौं, २९ साउन । गृहमन्त्री रामबहादुर थापा बादलले पछिल्लो ३/४ वर्षयता भएको ३८ क्वीन्टल सुन तस्करीका ठूला माछाहरु पक्राउ परिसकेको दाबी गरेका छन् ।

मंगलबार बसेको संघीय संसदको दिगो विकास तथा सुशासन समितिको बैठकमा गृहमन्त्री बादलले सुन तस्करीका केही लगानीकर्ताहरुसमेत पत्ता लागेको भन्दै तीमध्ये केही अझै फरार रहेको बताए । उनले उक्त ठूलो परिमाणमा तस्कर भएका सुनहरु कुनै विभिन्न समूहको नभई एकै समूहले तस्कर गरेको पनि उल्लेख गरेका छन् ।

यसमा मुख्य पात्रहरु पक्राउ परिसकेको भन्दै गृहमन्त्री थापाले सुन तस्करीका ठूला माछाहरु छानविनको घेरामा आएको तथा लगानीकर्ताहरु पनि कानुनको घेरामा आइसकको जनाएका छन् ।

सुन तस्करीको सञ्जाल ध्वस्त पार्न सरकार सफल भएको उनले दावी गरे ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob