scheduleसोमवार आश्विन ८ गते, २०७५

हुम्ला दुर्घटनाः गल्ती कस्को ?

हुम्ला, २९ साउन । हुम्लामा मनाङ्ग एयरको हेलिकोप्टरको पंखाले काटेर एक भारतिय नागरिकको मृत्यु भएको घटनालाई प्रहरीले अनुसनधन थालेको छ ।

इन्जिन बन्द नै नगरी यात्रु झारेको भन्दै पाइलटले गैरजिम्मेवारी काम गरेकाले घटना भएको आरोप पाइलटमाथि लागेको छ भने पाइलटले यात्रुकै गल्तीले दुर्घटना भएको दावी गरेका छन् ।

कैलाश मानसरोवर दर्शनका लागि मुम्बईका नागेन्द्र कुमार कार्तिक मेहताको हेलिकोप्टरबाट झरेको केही समयमा नै पछाडिको पंखाले काटेर घटनास्थलमै मृत्यु भएको थियो ।

मनाङ्ग एयरको नाईन एनएएमभी हेलिकोप्टरले यात्रुलाई हिल्सा हेलिप्याडमा पुयाईसकेपछि सिमिकोटतर्फ उडानको तयारीको क्रममा सो घटना भएको हो । चीनसँगको सीमा क्षेत्र हिल्सास्थित हेलिप्याडमा दिउँसो करिब साव ३ बजे घटना थियो ।

कैलाश टे«कमार्फत उनीसहितको भारतीय टोली हुम्लाको मार्ग हुँदै कैलाश मानसरोवर दर्शनमा जान लागेका थिए ।

भारतीय नागरिक हिलकोप्टरको पछिल्लोभाग तर्फ गएकोले दुर्घटना भएको पर्यटन मन्त्रालयद्वारा जारी बिज्ञप्तीमा उल्लेख छ । केहीले सेल्फी खिच्ने क्रममा सो दुर्घटना भएको समे.त बताएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob