scheduleसोमवार आश्विन ८ गते, २०७५

डेबिड सिल्भाले पनि लिए अन्तराष्ट्रिय फुटबलबाट सन्यास

काठमाडौँ, २९ साउन । स्पेनका स्टार खेलाडी डेबिड सिल्भाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेको छन् । सन्यासको घोषणा गर्दै सिल्भाले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिनु आफ्नो लागि निकै कठिन रहेको बताएका छन् ।

म्यानचेस्टर सिटीबाट व्यवसायिक फुटबल खेल्दै आइरहेका उनले अर्का खेलाडी जेरार्ड पिकेले अन्तराष्ट्रिय फुटबलबाट सन्यास लिएको केही दिनपछि यस्तो निर्णय लिएका हुन् ।

उनले भनेका छन्, स्पेनको राष्ट्रिय टिमबाट खेल्दा धेरै नै गौरवको महसुस गरेको छु मैले उत्कृष्ट समय बिताएको छु ।यो क्षणले मलाई अत्यन्त कठिन बनाएको छ ।

सन् २००६ को १५ नोभेम्भरमा रोमानियाविरुद्धको खेलबाट उनले स्पेनको सिनियर राष्ट्रिय टिममा डेब्यु गरेका थिए । उनले स्पेनका लागि १२५ खेल खेल्दै ३५ गोल गर्न सफल भएका छन् ।

स्पेनले २००८ मा युरोकप, २०१० मा विश्वकप र २०१२ मा युरोकप जित्दा उनी टिमका महत्वपूर्ण सदस्य थिए ।
म्यानसिटीबाट सानदार खेल प्रदर्शन गर्दै आइरहेका उनले अब नयाँ खेलाडीलाई मौका दिनुपर्ने समेत बताएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob