scheduleसोमवार आश्विन ८ गते, २०७५

सरकार विप्लवप्रति कडा रुपमा प्रस्तुत हुँदै

काठमाडौं, २८ साउन । नेपाल कम्युनिस्ट पार्टी (विप्लव) समूहको गतिविधि नियन्त्रण गर्न सरकारले कडा रुपमा प्रस्तुत हुन थालेको छ। सुरक्षा निकायका प्रमुखहरुको निरन्तर बिफ्रिङपछि सरकारले विप्लव समूहको गतिविधिमा कडा निगरानी राख्न थालेको हो। विप्लव समूहको गतिविधिबारे सुरक्षा निकायका प्रमुखहरूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिफ्रिङ गरेका छन्।

प्रधामन्त्री ओलीसहित गृहमन्त्री रामबहादुर थापालाई तीनवटै सुरक्षाका अंगका प्रमुखले विप्लव समूहको गतिविधिप्रति सरकार बेलैमा सचेत रहनुपर्ने राय दिएका छन्। बिफ्रिङपछि प्रधानमन्त्री ओलीले गृहमन्त्री थापा र सुरक्षा निकायका प्रमुखहरुलाई पश्चिम नेपाललगायत भागमा विप्लव समूहको गतिविधिले त्रास उत्पन्न गराएकाले निस्तेज पार्न कडा रुपमा प्रस्तुत हुन निर्देशन दिएका छन्।

गृहमन्त्रीको निर्देशन– शान्ति सुरक्षामा असर पर्ने काम गर्नेलाई जहाँ भेट्यो त्यहीं पक्राउ गर्नू, कानुनबमोजिम गर्नू, मुद्दा फितलो नबनाउनू।

आइतबार पनि गृहमन्त्रालयमा गृहमन्त्री थापासहित प्रहरी महानिरीक्षक सर्बेन्द्र खनाल, सशस्त्र प्रहरी बलका महानिरीक्षक शैलेन्द्र खनाल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दीलिप रेग्मीले विप्लव समूहको गतिविधिबारे लामो छलफल गरे। ‘विप्लव समूहले सशस्त्र हिंसा गतिविधि सञ्चालन गरेको भन्दै सुरक्षा निकायका प्रमुखहरुले त्यसलाई निस्तेज पार्न गृहमन्त्रालयले विशेष योजना बनाउनुपर्ने सुझाव दिएका छन्’, मन्त्रालय स्रोतले भन्यो । गृहमन्त्री थापाले शान्ति सुरक्षामा असर पर्ने काम गरे नियन्त्रणमा लिन निर्देशन दिएका छन्। ‘जहाँ भेट्यो त्यहीं पक्राउ गर्नू, प्रमाणसहित फेला परे कानुनबमोजिम गर्नू ’, गृहमन्त्रीलाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘आवश्यकताअनुसार सुरक्षाकर्मी परिचालन गर्नू। मुद्दा फितलो नबनाउनू ।’ विप्लव समूहलाई नियन्त्रणमा लिन संवादको कुनै माध्यम नपनाई तत्काल उसका नेता, कार्यकर्ता, समर्थकलाई गिरफ्तार गर्न मन्त्रीले निर्देशन दिएको स्रोतले बतायो । गृहमन्त्रालयका राजनीतिक सल्लाहकार सूर्य सुवेदीले भने विप्लव समूहका कार्यकर्तालाई राजनीतिक संवादमार्फत मूल प्रवाहमा ल्याउने कोसिस भइरहेको छ। ‘विप्लवसहित राजनीतिको मूलधारभन्दा बाहिर रहेका थुप्रै समूहलाई राजनीतिक संवादका माध्यमबाट राज्यको मूलप्रवाहमा ल्याउन अधिकतम कोसिस कायमै राखेका छौं’, सुवेदीले भने । देशभर जुन किसिमका विस्फोट तथा अराजक गतिविधि भएका छन् त्यसमा विप्लव समूहका नेताकार्यकर्ता संलग्न रहेको मन्त्रालयसँग यथेष्ट प्रमाण रहेको पनि दाबी पनि उनले गरे।

सो पार्टीका महासचिव नेत्रविक्रम चन्दविरुद्ध पहिला भोजपुर जिल्ला अदालतबाट पक्राउ आदेश जारी भएको छ । निर्वाचनका बेला भोजपुरमा बम विस्फोट गराएको आरोपमा उनलाई अदालतले पक्राउ आदेश जारी गरेको हो । उनी फरार छन्। नागरिकमा खबर छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob