scheduleसोमवार आश्विन ८ गते, २०७५

बार्यनले जित्यो जर्मन सुपरकपको उपाधि

काठमाडौँ, २८ साउन । आइतबार राति सम्पन्न खेलमा इन्ट्राच्ट फ्राङ्कफ्रटलाई बार्यन म्युनिखले हराउँदै जर्मन सुपरकपको उपाधि जितेको छ ।

इन्ट्राच्ट फ्राङ्कफ्रटमाथि म्युनिखले ५–० को जित निकाल्दै उपाधि जितेको हो ।

म्युनिखको लागि रोबर्ट लेवान्डोस्कीले ह्याट्रिक गरे । उनले २१ औं, २६ औं तथा ५४ औं मिनेटमा गोल गरेका हुन् ।

त्यस्तै, किङ्सले कोमानले ६३ औं मिनेटमा तथा ८५ औं मिनेटमा थियागो अलकान्ताराले गोल गरेका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob