scheduleसोमवार आश्विन ८ गते, २०७५

प्रिमियर लिगः पहिलो खेलमा नै लिभरपुलले गोलको वर्षात् गरेपछि…

काठमाडौँ, २८ साउन । आइतबार राति भएको इंलिस प्रिमियर लिगमा लिभरपुलले वेस्टहम युनाइटेडलाई ४-० गोलले पराजित गरेको छ ।

यस सिजनको प्रिमियर लिगको दाबेदार मानिएको लिभरपुलले पहिलो खेलमा सानदार जित हात पारेको हो ।

उसका लागि खेलको १९ औ मिनेटमा मोहमम्द सलाहाले गोल गर्दै अग्रता दिलाएका थिए ।

खेलको ४५ औ मिनेटमा साइडो मानेले गोल गरे ।

पहिलो मिनेटदेखि नै आक्रामक खेल खेलेको लिभरपुल सामु वेस्टहम निरिह देखियो ।

दोस्रो हाफमा पनि लिभरपुललाई वेस्टहमले रोक्न सकेन ।

खेलको ५३ औ मिनेटमा मानेले व्यक्तिगत दोस्रो गोल गरे ।

गोल गर्ने धेरै अवसरहरु सिजर्ना गरेको लिभरपुललाई रोक्न वेस्टहमले हरसम्भव प्रयास गरेको थियो ।

खेलको अन्तिमतिर मैदान प्रवेश गरेका ड्यानियल स्टरिजले समेत गोल गर्दा लिभरपुलले सानदार जित हात पार्न सफल भएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob