scheduleसोमवार आश्विन ८ गते, २०७५

भारतको शक्तिशाली राजनीतिज्ञको भूमिकामा विद्या बालन

एजेन्सी, २७ साउन । पछिल्लो केही समयदेखि बिटाउनमा अभिनेत्री विद्या बालन प्रेग्नेन्ट भएको खबरहरु आइरहेका छन् । हालसम्म यस विषयमा विद्या बालनको कुनै आधिकारीक बयान भने आएको छैन । तर यसैबीच विद्याको अर्को प्रोजेक्टबारे एउटा ठूलो खुलासा भएको छ ।

खबरहरुका अनुसार विद्या चाडैं भारतकी शक्तिशाली महिला राजनीतिज्ञ तथा प्रधानमन्त्री इन्दिरा गान्धीको भूमिकामा देखा पर्दैछिन् । यो एउटा वेभ सिरिज हुने बताइएको छ । विद्या आफ्नो नयाँ भूमिकाका लागि निकै उत्साहित छिन् ।

विद्याले त्यो भूमिका आफुले सौभाग्यले पाएको बताएकी छिन् । यो सिरिजमा इन्दिरा गान्धीको बाल्यकालदेखि उनी प्रधानमन्त्री बनेको

समयसम्मका घटनाहरुलाई राखिने बताइएको छ । सिरिज वरिष्ठ पत्रकार सागरिक घोषको पुस्तक ‘इन्दिराः इन्डियाज मोस्ट पावरफुल प्राइम मिनिस्टर’ माथि आधरित रहेको बताइएको छ । वेभ सिरिजको शूटिङ चाडैं नै शुरु हुने बताइएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob