scheduleसोमवार आश्विन ८ गते, २०७५

न्युक्यासलमाथि टोटनहमको कठिन जित, अन्य खेलहरुको नतिजा यस्तो छ

काठमाडौँ, २७ साउन । गएको प्रिमियर लिगमा टोटनहमले न्युक्यासल युनाइटेडलाई २-१ गोलले पराजित गर्दै महत्वुर्ण तीन अंक हासिल गरेको छ ।

टोटनहमका लागि पहिलो गोल जोन भर्टोजनले गरेका थिए ।

तर, खेलको ११ औ मिनेटमा न्युक्यासलका लागि जोसेलुले बराबरी गोल फर्काए । खेलको १८ औ मिनेटमा डि अलीले गोल गर्दै पुन टोटनहमलाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफमा न्युक्यासलले केही अवसरहरु सिर्जना गरेको थियो तर, गोल गर्न भने सकेन ।

त्यस्तै गएराति नै भएका अन्य खेलमा बोर्नेमाउथले क्याड्रिफ सिटीलाई २-० गोलले पराजित गरेको छ । क्रिस्टल प्यालेसले फुलहमलाई २-० गोलले पराजित गरेको छ ।

वाटफोर्डले ब्रिंटन होभ एण्ड एल्भिनलाई २-० गोलले पराजित गरेको छ ।

इर्भटनले वोल्भरह्याम्टनसँग २-२ गोलको बराबरी खेल खेलेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob