scheduleसोमवार आश्विन ८ गते, २०७५

महिला साफ च्याम्पीयनसिपः ४–० ले नेपाल विजयी

२६ साउन । भुटानमा जारी अन्डर फिप्टिन महिला साफ च्याम्पीयनसिपमा नेपालले पाकिस्तानलाई ४–० को अन्तरले पराजित गरेको छ ।

भुटानको राजधानी थिम्पुस्थित चालिमिथाङ रंगशालामा आज भएको पहिलो खेलको जीतसँगै नेपाल सेमिफाइनल प्रवेश गरेको छ । नेपालको जितमा सबिता रानामगरले २, अनुष्का शेर्पा र रजनी ठोकरले समान १–१ गोल गरेका छन् ।

खेलको ८ औँ मिनेटमा अनुष्का शेर्पाको गोलबाट अग्रता लिएको नेपालले १४ औ मिनेटमा सबिता रानामगरले गोल गरिन् । त्यस्तै ५६ औँ मिनेटमा सबिता रानामगरले नै र ६० औं मिनेटमा रजनी ठोकरले चौथो गोल गर्दै नेपाललाई विजयी बनाएका हुन् ।

समूह ‘बी’ बि बाट नेपाल र बंगलादेश सेमिफाइनलमा प्रवेश गरेका हुन् । च्याम्पीयनसिपमा नेपाली महिला फुटबल टोलीले दोस्रो खेल साउन २८ गते बंगलादेशसँग खेल्नेछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob