scheduleसोमवार आश्विन ८ गते, २०७५

‘राधा–२’ मा पुरानो जोडी आउट, प्रियंकासहित नयाँ जोडी इन

२६ साउन । दुई वर्ष अघि प्रर्दशनमा आएको नेपाली चलचित्र ‘राधा’को नाम सापटी लिएर ‘राधा २’ बन्ने भएको छ । नारी प्रधान चलचित्र राधामा अभिनेत्री संचिता लुइटेल र अभिनेता जीवन लुईंटेलको प्रमुख भूमिका थियो । यो जोडीलाई दर्शकले निकै रुचाएका थिए ।
चलचित्र ‘राधा–२’ बन्ने भएपछि उक्त रुचाइएको जोडीलाई भने नलिने निर्देशक योगेश घिमिरेले जानकारी दिए । राधा नाम सापटी लिएर चलचित्र निर्माण गर्न लागिएको भएपनि यस चलचित्र राधाको सिक्वेल नभएका कारण पुराना कलाकारहरु नलिइएको निर्देशक घिमिरेले जानकारी दिएका छन् । राधा २ मा अभिनेत्रीको रुपमा प्रियंका कार्कीलाई साइन गराइएको छ भने एक जना नयाँ र अर्का चल्तीका अभिनेता गरी दुई जनालाई साइन गराइएको उनले बताए ।

राधा २ यतिबेला प्रि–प्रोडक्शनको काम भइरहेको छ । भाद्र २५ गतेबाट फ्लोरमा जान लागेको फिल्ममा बसन्त सापकोटा, दीपक शर्मा र महाराज थापाको संगीत रहनेछ । प्रदिप भारद्धाजले फिल्मको कथा लेखेका हुन् । संजय न्यौपानेले निर्माण गर्ने ‘राधा २’ महिलाप्रधान हुने बताइएको छ ।

‘भूल भुलैया’, ‘मेरो माया तिमीलाई’, ‘नोटबुक’ लगायतका फिल्म निर्देशन गरिसकेका घिमिरेले ‘राधा २’ पनि महिलाप्रधान चलचित्र नै हुने उल्लेख गरेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob