scheduleमगलवार श्रावण २९ गते, २०७५

भारतका २१ राज्यमा भारी वर्षाको चेतावनी, केरलामा मर्नेको संख्या २६

एजेन्सी, २५ साउन । भारतको मौसम विभागले शुक्रबार आगामी तीन दिनसम्मका लागि त्यहाँका २१ वटा राज्यमा भारी वर्षाको चेतावनी जारी गरेको छ ।

उत्तराखण्ड, उत्तरप्रदेश, जम्मू कश्मीर, हिमाञ्चल प्रदेश, हरियाणा, दिल्ली, झारखण्ड, बिहार, पश्चिम बंगाल, सिक्किम, मध्यप्रदेश, अरुणचल प्रदेश, असम, मेघालय, नगाल्याण्ड, मणिपुर, मिजोरम, त्रिपुरा, कर्नाटक, तामिलनाडु, केरल र अंडमान निकोबार द्वीप समूहमा तीन भारी वर्षा हुन सक्ने बताइएको छ ।

केरलामा मात्र वर्षाका कारणले हालसम्म मर्नेको संख्या २६ पुगिसकेको छ र त्यहाँ ६ दिनसम्मका लागि चेतावनी जारी गरिएको भारतीय सञ्चार माध्यमहरुमा खबर छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob