scheduleमगलवार श्रावण २९ गते, २०७५

सामाजिक सञ्जालका अत्याधिक प्रयोगकर्तालाई मानसिक विकार एडीएचडीको खतराः अनुसन्धान

एजेन्सी, २५ साउन । सामाजिक सञ्जालमा धेरै समय बिताउँदा सामाजिकताको भाव बढ्ने सोच राख्छौं हामीहरु तर सधै यस्तो हुँदैन । सामाजिक सञ्जालमा अत्याधिक समय बिताउनु मानिसक स्वास्थ्यका लागि हानिकारक हुने एक शोधले देखाएको छ । शोधको अनुसार यस्तो बानीले एडीएचडी नामको मानसिक विकार उत्पन्न हुन्छ ।

सामाजिक सञ्जालमा आवश्यकभन्दा धेरै समय बिताउँदा हाम्रो समय नष्ट हुनुका साथै ध्यान केन्द्रित गर्ने क्षमतामा पनि ह्रास आउँछ ।

क्यालिफोर्निया विश्वविद्यायलयले गरेको एउटा शोधको अनुसार किशोर अवस्थामा अधिकतम सामाजिक सञ्जाल प्रयोग गर्ने मानिसहरुमा अटेन्सन डेफिसिट हाइपरएक्टिविटी डिसअर्डर एडीएचडी नामको मानसिक समस्याको खतरा हुन्छ । एडीएचडी को अर्थ ध्यान अभाव सक्रियता विकार हो । यो एक प्रकारको मानसिक समस्या हो, जसमा मानिसलाई कुनै पनि कुरामा ध्यान केन्द्रित गर्न गाह्रो हुन्छ । एकाग्रता चाढो भंग हुन्छ । यस अध्ययनमा त्यस्ता मानिसहरुले मोबाइल तथा डिजिटल उपकरणहरुको साथमा समय व्यतित गर्ने गतिविधिमाथि निगरानी राखिएको थियो ।

दुई वर्षसम्म २६ सय किशोरहरु माथि यो शोध सम्पन्न भएपछि अत्याधीक मोबाइल वा त्यस्ता उपकरण प्रयोग गर्ने युवाहरुमा यस रोगको उच्च सम्भावना भएको देखिएको थियो ।

विशेषज्ञहरुका अनुसार धेरै समय सामाजिक सञ्जालमा बिताउने मानिसहरुको दिमागी सन्तुलन प्रभावित हुन्छ जसकारण उनीहरुमा सोच्ने, सम्झिने शक्ति कमजोर भएर जान्छ ।

फेसबुक ट्वीटरहरु आफ्ना साथीभाईहरुसँग सम्पर्कका लागि प्रयोग गरिएपछि यसको धेरै प्रयोगले मास्तिष्कामा उल्टो असर पार्छ ।

स्टकहोमका केटीएल रोयल इन्स्टीच्यूट अफ टेक्नोलोजीको शोधकर्ताका अनुसार खाली दिमागले जानकारी र स्मृतीहरुलाई सुरक्षित गर्ने काम गर्छ । तर सामाजिक सञ्जालमा धेरै समय बिताउनाले दिमाग खाली हुन पाउँदैन र जानकारीहरु संरक्षित हुन पाउँदैन । यसको सिधा असर स्मरणशक्ति र एकाग्रतामा देखिन थाल्छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob