scheduleमगलवार श्रावण २९ गते, २०७५

सलमान खानलाई फकाउन यसो गर्दैछिन् प्रियंका चोपडा

एजेन्सी, २५ साउन । बितेका केही दिनदेखी बलिउडकी देसी गर्ल प्रियंका चोपडासँग दबंग सलमान खान रुष्ट भएको खबरहरु मिडियामा आइरहेको छ । यस पछिको कारण भनेको प्रियंका र सलमानलाई साइन गरिएको फिल्म ‘भारत’ हो जसलाई प्रियंकाले आफ्नो विवाहको कारण देखाउँदै छोडेकी थिइन् ।

प्रियंकाले फिल्म छोडेपछि उनीसँग रुष्ट भएका सलमानले प्रियंकाकी आमा मधु चोपडालाई फेशन शोमा इग्नोर गर्नु देखि लिएर सलमानका बुवा सलिम खानले पनि प्रियंकाबारे प्रतिक्रिया दिएको खबरहरु बाहिर आएको थियो । तर यसैबीच हालै प्रियंकाले एउटा ट्वीट गरेकी छिन् जसमा उनले सलमानलाई पनि जोडिकी छिन् ।

वास्तवमा सलमानका भेना आयुष शर्माकोे नयाँ फिल्म ‘लवरात्री’ को पहिलो ट्रेलर केही दिन अघि सार्वजनिक भएको थियो र यसै अवसरमा प्रियंकाले सामाजिक सञ्जालमा सलमानका भेनालाई बलिउड प्रवेशलाई स्वागत गरेकी छिन् । प्रियंकाको यस्तो ट्वीट सलमानलाई फकाउने उनको चलाखीको रुपमा हेरिएको छ ।

भारत फिल्मको शूटिङ हुनुभन्दा दश दिन अघि उनले उक्त फिल्म छोडेको घोषणा गरेकी थिइन् । फिल्म छोड्नुको कारण विवाह भएको हुनसक्ने बताएपछि उनले अहिले ‘द स्काई इज पिंक’ फिल्मको शूटिङ शुरु गरेकी छिन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob