scheduleमगलवार श्रावण २९ गते, २०७५

आज दिउँसो र राति देशभर ठूलो वर्षा हुनसक्ने भएकाले सतर्क रहन आग्रह

काठमाडौं, २५ साउन । आज देशभरीकै मौसम सामान्यतया बदली भइ धेरै ठाउँमा पानी पर्ने अनुमान जल तथा मौसम पूर्वानुमान महाशाखाले गरेको छ । आज दिउँसो पश्चिमी क्षेत्रका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावनाका साथै शुक्रबार राति पश्चिमका केहि स्थानहरुमा तथा पूर्व र मध्यका एक वा दुई स्थानमा भारि वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । शुक्रबार राती पश्चिमी पहाडी क्षेत्रका एक वा दुई स्थानहरुमा अति भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार शनिबार पनि दिउँसो र राति देशभर सामान्य देखि पूर्ण बदली रही देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ । शनिबार राति पश्चिमका केही स्थानहरुमा र पूर्व र मध्यका एक वा दुई स्थानमा भारि वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob