scheduleमगलवार श्रावण २९ गते, २०७५

श्रद्धासँगको ब्रेकअप पछि यी अभिनेत्री आएकी छिन् फरहानको जीवनमा

एजेन्सी, २४ साउन । श्रीमती अधुनासँग सम्बन्ध विच्छेद भएपछि निकै लामो समयसम्म बलिउड अभिनेता फरहान अख्तर अभिनेत्री श्रद्धा कपुरसँग प्रेम सम्बन्धमा रहे । यहाँसम्म की फरहानले श्रीमती अधुनासँगको सम्बन्ध विच्छेदको कारण पनि श्रद्धा नै भएको बताएका थिए । तर श्रद्धाले अचानक फरहानलाई इंस्टाग्राममा अनफलो गरेका पछि दुईजनाको सम्बन्धमा केही खटपट भएको संकेत आएको थियो ।

अहिले खबर आएको छ कि फरहानको जीवनमा श्रद्धा पछि कोही अरु नै आइसकेको छ । खबरका अनुसार फरहान ३७ वर्षीया अभिनेत्री तथा गायिका शिवानी दांडेकरसँग नजिकीएका छन् । शिवानी र फरहानलाई धेरैजसो अवसरमा साथै देखिएको छ । यी दुईबीचको सम्बन्ध तीन वर्ष पुरानो हो ।

फरहान अघि श्रद्धा कपुर पनि आदित्य राय कपुरसँग प्रेम सम्बन्धमा रहेको हल्ला थियो  । यद्धपी दुवैले यी कुराहरुको खण्डन गरीसकेका छन् । फरहानसँग ‘रकअन २’ मा काम गरेकी श्रद्धाको परिवार फरहानसँगको उनको सम्बन्धबाट खुशी थिएनन् । फरहान विवाहित र दुई सन्तानका बुवा हुन् ।

फरहान हाल ‘द स्काई इज पिंक’ फिल्मको शूटिङमा व्यस्त छन् । यस फिल्मा प्रियंका प्रमुख भूमिकामा हुने बताइएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob