scheduleमगलवार श्रावण २९ गते, २०७५

नेपाल आइडलको दोस्रो संस्करण आज राति साँढे देखि

काठमाडौं, २४ साउन । नेपाल आइडलको दोस्रो संस्करण आज राति साँढे आठदेखि सुरु हुने भएको छ ।

नेपाल आइडलको प्रथम संस्करणको सफलता पछि नेपाली दर्शकहरु समक्ष यसको दोश्रो संस्करण आज देखी हरेक हप्ताको बिहिबार र शुक्रबार दुइ दिन राति  ८ः३० देखि प्रसारण हुनेछ ।

अघिल्लो सिजनकै निर्णायक न्हयु बज्राचार्य, काली प्रसाद बास्कोटा र इन्दिरा जोशी रहने नेपाल आइडल २ को प्रस्तोतामा भने रिमा विश्वकर्मा संग नयाँ अनुहार देख्न पाइनेछ ।

उक्त नयाँ अनुहार टेलिभिजन कार्यक्रम, टि भि सि निर्माता, गायक तथा अभिनेता आसिफ शाह हुन् । नेपाल आइडलको पहिलो संस्करणमा पोखराका बुद्धलामाले पहिलो स्थान प्राप्त गर्दै पहिलो नेपाल आइडल बन्न सफल भएका थिए भने निशान भट्टराई र प्रताप दास क्रमशः दोश्रो र तेश्रो बन्न सफल भएका थिए । नेपाल आइडलमा प्रथम, दोश्रो र तेश्रो स्थान प्राप्त गर्न सफल विजेताहरुले देश तथा विदेशका बिभिन्न मञ्चहरुमा प्रस्तुती दिदै आफ्नो ख्यातीमा थप उचाइ थपेका थिए । आफूले गाएका गीतहरुको भिडियो प्रसारण हुने बित्तिकै ट्रेण्डिङमा पर्ने गरे बाट आइडलका बिजेताहरुको ख्याती प्रमाणित गरेको आयोजकको दाबी छ ।

‘मन जित्छ उस्ले, सुमधुर गाउँछ’ जस्ले भन्ने नाराका साथ अडिसन राउण्डका कार्यक्रम प्रसारण गर्दै सुरु हुने नेपाल आइडल २ का बिजेताले २० लाख नगद, एउटा होन्डा हब्लु आर भी कार, एउटा एलबमको सम्झौता र वल्र्ड टुर अथवा ५० लाख नगद, एउटा एलबमको सम्झौता र वल्र्ड टुर मध्ये एक छनौट गर्न पाउनेछन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob