scheduleमगलवार श्रावण २९ गते, २०७५

ट्युसन पढ्न गएका निशान फर्किएनन्, यस्तो छ अपहरणको इतिवृत्तान्त

काठमाडौं, २१ साउन । ११ वर्षका बालक निशान खड्का अपहरणकालीको निशानामा परे र निर्ममतापूर्वक मारिए । अपहरणपछि हत्या गरिएका निशानको परिवारसँग लाखौंको रकम फिरौती मागिएको थियो ।

निशान काठमाडौँ–३२ पुरानो सिनामंगलमा रहेको हाइल्याण्ड इंग्लिस स्कुलमा अध्ययनरत थिए । उनको घर सिन्धुपाल्चोक हो । हाल हाल काडाँघारीमा बसिरहेका उनी आइतबार राति अपहरणमा परेका थिए । सिन्धुपाल्चोक घर भई काँडाघारीमा चिया पसल चलाउने चमेली खड्काको छोरा हुन् निशान । उनी खहरेमा रहेको हाइल्याण्ड स्कूलमा कक्षा ६ मा अध्ययन गर्थे ।

काठमाडौंको काँडाघारीबाट अपहरणमा परेका उनको शव मध्यपुर नगरपालिकाको वडा नम्बर–७ स्थित श्याम लवटको निर्माणधीन घरको जगमा हत्या गरेर फालेको अवस्थामा फेला पर्‍यो ।

सूर्य विनायक नगरपालिका–८ पाइलटबाबाको आश्रम जाने बाटोको उनको अपहरणमा संलग्न दुई अपहरणकारी मारिएका छन् । जंगलमा प्रहरीसँगको दोहोरो भीडन्तका क्रममा दुई अपहरणकारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृत्यु हुने अपहरणकारीमा गोपाल तामाङ र अजय तामाङ रहेका छन् ।

यस्तो छ घटनाक्रम-

आइतबार साँझ करीब ६ बजे काँडाघारीबाट बालक अपहरण परेको प्रहरीलाई सूचना प्राप्त

अपहरणकारीद्वारा बालककी आमासँग ४० लाख फिरौती रकम माग

सूचना पाएलगत्तै आइतवार राति ८ बजेदेखि प्रहरी परिचालन

आइतबार सबै कक्षा सकेर निशान घर गएको उनको शिक्षकको बयान

नियमित कक्षापछि गणित तथा विज्ञानको ट्युसन सकाएर बेलुका साढे पाँच बजेतिर घर फर्किएका
निशानको आमा चमेलीले मनोहरा मनोहरा खोलाको छेउमा सागर डिपोसँगै ८/९ चिया/खाजा पाइने एउटा सानो होटल चलाउँदै आएको

पेन्टरको काम गर्ने अपहरणकारी गोपाल तामाङले ४/५ वर्षदेखि त्यही खाजा/खाना खाने गरेको, १२/१५ हजारको उधारो समेत चल्ने

तामाङ निशान र चमेली दुवैका लागि परिचित
आमाले नै गोपालसँग मोबाइल किन्न पैसा दिएर निशानलाई पठाएको र हजार/१५ सयको मोबाइल किनेर होटल फर्किएको

त्यसपछि गोपाले निशानलाई घुमाउन भनेर मोटरसाइकलमा लगेको
लामो समयसम्म नफर्किएपछि चमेलीद्वारा प्रहरीलाई खबर
स्थानीयले सुनेका थिए निशानको चित्कार, कुनै घरको होला भनेर स्थानीयले मतलव नगरेको
आइतबार राति ९ देखि १० बजेकै समयमा हत्या भइसकेको
अपहरणकारीद्वारा मुख थुनेर हत्या
पिछा गरेको प्रहरीले अजय तामाङ र गोपाल तामाङको इन्काउन्टर ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob