scheduleसोमवार आश्विन ८ गते, २०७५

उपराष्ट्रपति पासाङको लडाकु प्रशिक्षणको गोप्य भिडियो

काठमाडौं । १० वर्षसम्म भीषण युद्धको नेतृत्व गरेका सैन्य कमाण्डर पासाङको परिचय अहिले फेरिएको छ । उनी नन्दबहादुर पुनको रुपमा मुलुकको उपराष्ट्रपतिमा दोस्रोपटक निर्वाचित भएका छन् ।

जनयुद्ध र जनआन्दोलनको नेतृत्व गर्दै मुलुकलाई गणतन्त्रलगायतका परिवर्तनको नेतृत्वमा हिडाउन पासाङजस्ता युवाहरुको महत्वपूर्ण भूमिका छ । उनी जनयुद्धभरी जनसेनाको मुख्य कमाण्डरको भूमिकामा रहे ।

शान्ति प्रक्रियामा आएपछि स्वदेशमा उपचार गर्ने अडानले उनलाई राष्ट्रवादी युवाको रुपमा चिनायो । संसदीय व्यवस्थाको विरुद्ध लडाईमा उत्रिएको उनको पार्टी माओवादी केन्द्र अहिले संसदीय राजनीतिमै अल्झिएको छ ।

तत्कालीन शाही सेनाविरुद्ध लडेका पासाङ भिडियोमो तत्कालीन जनमुक्ति सेनाको सलामी ग्रहण गरिरहेको देखिन्छ । शाही नेपाली सेनाबाट फेरिएर बनेको नेपाली सेनाबाट उनले उपराष्ट्रपतिको रुपमा सलामी ग्रहण गरिसकेका छन् ।

यहाँ तत्कालीन माओवादीको पश्चिम कमाण्डअन्तर्गत एकीकृत सैन्य प्रशिक्षण कार्यक्रममा दिवंगत नेता पोष्टबहादुर बोगटीसँगै जनमुक्ति सेनालाई प्रशिक्षण दिइरहेको भिडियो यहाँ प्रस्तुत गरिएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित भिडियोहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob