scheduleआइतवार आश्विन ७ गते, २०७५

TAG

Tag: ज्योति दनुवार
    वैकल्पिक राजनीति र कोदो तोरीको यारी
    वैकल्पिक राजनीति र कोदो तोरीको यारी
    ज्योति दनुवार

    अशोक राईले माओवादी केन्द्र र एमाले एकीकरणपश्चात् एउटा सटीक टिप्पणी गर्दै भन्नुभएको थियो, ‘माके–एमालेको एकीकरण कोदो र तोरीको मिश्रण जस्तै हो, जसबाट न तेल निकाल्न सकिन्छ, न रोटी नै बनाउन सकिन्छ ।’ उहाँको टिप्पणीमा असहमत हुने ठाउँ छैन । घटनाक्रमले यही कुरा पुष्टि गर्दै लगेको देखिन्छ । तर, यो टिप्पणी उत्तिकै सटीकरुपले उहाँ आफैंमाथि पनि लागू भएको देखिन्छ । वैकल्पिक राजनीतिक ध्रुव निर्माण गर्ने भनेर एमाले परित्याग गर्नुभएका उहाँले विभिन्न समयमा गलत निर्णयहरु गर्दै न तेल निकाल्न सक्नुभयो, न त रोटी नै सेक्न सक्नुभयो । पहिलो संविधानसभाको अवसानपश्चात् एमाले परित्याग गर्ने उहाँको निर्णय आफैंमा एउटा विद्रोह थियो । सही समयमा गरिएको सही विद्रोह । नैतिकरुपले अशोक राई विजय भएका थिए भने कांग्रेस, एमाले र माओवादी पराजित । त्यसले वैकल्पिक राजनीतिको एउटा ठूलो सम्भावनालाई उद्घाटन पनि गरेको हो । तर, लगत्तै राजनीतिक दाउपेचको ताल तिगडममा फस्नुभो । जनजाति आन्दोलनको गर्भबाट निस्कन लागेको वैकल्पिक राजनीतिको सम्भावनालाई...

  • ज्योति दनुवार
    के अब चमत्कार होला ?

    आजको लोकप्रिय

    NTC
    Vianet
    Sajhajob