scheduleमगलवार श्रावण २९ गते, २०७५

गजल

किरण थापा 'अमोद'


यो सरकार कसको हो दुविधा बढायो
मलाई कर अाफुलाई सुविधा बढायो।।

ए सरकार निःशुल्क मर्न त दे यार
पञ्जिकरण कर तेब्बर त सिधा बढायो।।

धन्यवाद बेरोजगारी दर शून्य बनायौ
सातामा सातै दिन मजदुरको विदा बढायो।।

भन्छ प्रशंशा बाहेक केही नबोल
शान्तिमा रस भरेन तर मुर्दा बढायो ।।

ए कोहि त किरण खोज अाशाको
जसले तिम्रो जिजीविषा बढायो ।।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob