scheduleबिहिवार श्रावण ३ गते, २०७५

बाह्रसय अंकभन्दा तल झर्‍याे नेप्से


काठमाडौं, २८ असार । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से १३.६६ अंकले घटेर ११९१.९८ अंकमा झरेको छ ।

बजारमा क वर्गका परिसूचकहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.९३ अंकले ओरालो लागेको छ।

आज कारोबारमा आएका उत्पादनबाहेक बाँकी सबै समूहको परिसूचकमा गिरावट आएको छ ।

बजारमा १६३ कम्पनीको १६ लाख २० हजार ८८० कित्ता सेयर ४ हजार ९ सय ४१ पटक खरिदबिक्री हुँदा ४५ करोड ४४ लाख रुपैंयाबराबरको कारोबार भएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob