scheduleशनिवार श्रावण ५ गते, २०७५

सट्टेबाजीका राजा नागराज पक्राउ

 

काठमाडौं, १० असार । नेपालमा सट्टेवाजी (जुवा)को सम्राट मानिने अमृत अग्रवाल उर्फ नागराज पक्राउ परेका छन् ।

भारतको गोवालाई आफ्नो आधार क्षेत्र बनाई बसेका अग्रवाल चारदिन अघि मात्रै नेपाल आएका थिए । उनी भारतीय प्रहरीको पनि मोस्ट वान्टेड सूचीमा पर्छन् ।

नेपालमा डेढ वर्षयता प्रहरीका विभिन्न युनिटहरुको खोजी सूचीमा रहेका नागराजलाई अपराध महाशाखाको विशेष टोलीले शनिबार राजनीको पानी पोखरीबाट पक्राउ गरेको जनाएको छ । उनको साथबाट नगद ४ लाख ८० हजार रुपैयाँसहित ल्यापटप र अन्य कागजपत्रहरु समेत बरामद गरेको प्रहरीले जनाएको छ ।

क्रिकेट र फुटबलको अन्तर्राष्ट्रिय खेलहरुमा हुने जित–हार, रन, विकेट, गोल लगायत विभिन्न आधारमा अनलाइन जुवा खेलाउने ४४ वर्षीय अग्रवाल स्थायी ठेगाना धनुषाको जनकपुर नगरपालिका वडा नं. ३ हो ।

यसअघि सन् २०१७ मा इण्डियन प्रिमियर लिग (आईपीएल) चलिरहेका बेला पनि अग्रवाल काठमाडौ आएका थिए । प्रहरीले उनको व्यापक खोजी गरेको भएपनि त्यसताका उनी भाग्न सफल भएका थिए ।

अहिले विश्वकप फुटबल प्रतियोगिता चलिरहँदा भारतमा प्रहरीले सट्टेबाजहरुको खोजीलाई तीव्र बनाएपछि नागराज लुक्न नेपाल आएको हुनसक्ने अनुमान लगाइएको छ । नागराजलाई काठमाडौंको पानीपोखरीबाट पक्राउ गरिएको जनाएको छ ।

यसअघि आइपिएल क्रिकेटका बेला सट्टेबाजीमा रकम राख्दा ३ महिनामा तेब्बर हुने र हारे रकम फिर्ता हुने भन्दै साढे दुई करोड रुपैयाँ उठाएर फरार रहेको प्रहरीले जनाएको छ ।

उनका विरुद्धमा एक दर्जन बढीले प्रहरीमा उजुरी दिएपछि अग्रवालप्रति निगरानी राखिएको प्रमुख वरिष्ठ उपरीक्षक (एसएसपी) धिरजप्रताप सिंहले जानकारी दिए । हाल अग्रवालविरुद्ध जिल्ला अदालत, काठमाडौंबाट ठगी मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको एसएसपी सिंहले जानकारी दिएका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob