scheduleशनिवार श्रावण ५ गते, २०७५

नेप्से : साताको शुरुवात सकारात्मक


काठमाडौं, १० असार । साताको पहिलो दिन आइतबार नेप्से परिसूचकमा सामान्य सुधार आएको छ । आइतबारको शुरुवाती कारोबारअनुसार नेप्से धेरै बढ्ने जस्तो देखिएको थियो । तर त्यो लामो समय टिक्न सकेन । अन्त्यमा १.३५ अंकको सुधार देखिएर १२१९.८१ अंकमा पुगेको छ ।

आइतबार बजारमा कारोबार भएका होटल्स, जलविद्युत्, माइक्रोफाइनान्स र अन्य समूहको परिसूचकमा गिरावट आएपनि बाँकी समूहको परिसूचकमा सुधार देखियो ।


झिनो अंकले बढेको नेप्सेमा कारोबार रकममा भने सुधार देखिएन । यसले लगानीकर्तामा अझै उत्साह थपिन नसकेको बताउँछ । आइतबार १६७ कम्पनीको ७ लाख ५० हजार ९२६ कित्ता सेयर ३ हजार २३५ पटक खरिदबिक्री हुँदा २० करोड ९३ लाख रुपैयाँको कारोबार भएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob