scheduleशनिवार श्रावण ५ गते, २०७५

नेपाली सेनाका मेजर पक्राउ

काठमाडौँ, १० असार । लागूऔषध ब्राउन सुगरसहित नेपाली सेनाका मेजर पक्राउ परेका छन् । प्रहरीको विशेष टोलीले बाँकेको ढकेरीबाट नेपाली सेनाका मेजर धिरेन्द्रजंग शाहीलाई पक्राउ गरेको हो ।

उनीसँगै ब्राउन सुगर कारोबारी रिम पौडेल पनि पक्राउ परेको साथै उनीहरुको साथबाट ५४ ग्राम ब्राउन सुगर बरामद भएको प्रहरी स्रोतले जनाएको छ ।

पक्राउ परेका शाहीले आफू नेपाली सेनाको मेजर रहेको र श्रीमेयर गण शम्सेरगञ्जमा कार्यरत रहेको प्रहरी स्रोतले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob