scheduleशनिवार श्रावण ५ गते, २०७५

अर्जेन्टिनाको झुर खेल प्रदर्शनपछि अन्तिम खेलका लागि म्याराडोनाले गरे यस्तो आग्रह

काठमाडौँ, १० असार । विश्वकपमा खराब खेल प्रदर्शन गरेको अर्जेन्टिनाले अर्को चरणमा पुग्न अन्तिम अवसर पाएको छ । अन्तिम खेलमा नाइजेरियालाई पराजित गर्न सकेमा अर्को चरणमा पुग्ने लगभग पक्का जस्तै देखिन्छ ।

तर, अर्जेन्टिनाको खराब खेलका कारण समुह चरणबाटै बाहिरिने फुटबल पण्डितहरु बताउँछन् ।

पहिलो खेलमा आइसल्याण्डसँग बराबरी खेल खेलेको अर्जेन्टिना दोस्रो खेलमा क्रोसियाविरुद्ध लज्जास्पद हार भोगेको थियो ।

दुई खेलमा एक अंकमात्र जोडेको अर्जेन्टिनाको अभ्यास गर्ने ठाउँमा आफुलाई जान दिन फुटबल लिजेण्ड डियगो म्याराडोनाले आग्रह गरेका छन् । उनले भनेका छन्, ‘खेलाडीहरुलाई उर्जा प्रदान गर्नुपर्छ । देशको जर्सी लगाएपछि आफ्नो जिम्मेवारी पुरा गर्नुपर्छ ।’

उनले क्रोसियासँग खेल पराजित भएपछि भनेका थिए, ‘सामपाओली अर्जेन्टिना लिग चरणबाटै आउट भए भने अर्जेन्टिनाले तिम्रो स्वागत गर्ने छैनन् ।’

सन् १९८६ को विश्वकप जिताएका म्याराडोनाको आग्रह पुरा हुने हो कि होइन चासोको विषय बनेको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob