scheduleशनिवार श्रावण ५ गते, २०७५

प्रेमी निकका साथ डिनर डेट गइन् प्रियंका (फोटोसहित)

एजेन्सी, ९ असार । बलिउड अभिनेत्री प्रियंका चोपडाको अफेयर अमेरिकन गायक निक जोनससँग चलेको खबर बाहिर आएको छ । पछिल्लो केही दिनदेखि इन्टरनेटमा प्रियंकाको अफेयरलाई लिएर गरिएको चर्चाले पुष्टि पाएको छ । खबरका अनुसार उनी अमेरिकी गायक निक जोनससँग डेट गरिरहेकी छन् ।

यतिबेला हरेक दुई-तीन दिनमा यी दुईको कुनै न कुनै फोटो बाहिर आइरहेको छ । केही दिनअघि मात्र निकले प्रियंकलाई आफ्नो परिवारसँग भेट गराएका थिए । बताइएअनुसार प्रियंकाले पनि निकलाई आफ्नो परिवारसँग भेट गराउन चाहेकी छन् । फलस्वरुप हालै उनले निकलाई सँगै इंडिया ल्याएकी छन् ।

हालै यो जोडीलाई मुम्बई एयरपोर्टमा देखिएको थियो । यी दुवैलाई मुम्बई शहरमा पनि क्याप्चर गरिएको थियो । अहिले त प्रियंकाले निकलाई खुलेआम सबैलाई देखाइरहेकी छन् ।

प्रियंकाले निकलाई लिएर घर गएको र डिनर खाएको खबर आएको छ । यी दुई एकआपसमा हात समाएर हिँडेका थिए ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob