scheduleशनिवार श्रावण ५ गते, २०७५

सेयर कारोबार ३५ प्रतिशतले घट्यो, नेप्सेमा १४ अंकको गिरावट

काठमाडौं, ८ असार । यो साता नेपाल स्टक एक्सचेन्जमा १९० कम्पनीहरुको कारोबार भएको छ । जस अनुसार १७२२८ कारोबारबाट एक अर्ब १२ करोड ३१ लाख एक हजार रुपैयाँ बराबरका ४९ लाख ६१ हजार एक सय १० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् । कारोबार रकम गत साताको भन्दा ३४.७२ प्रतिशत कम हो ।

गत साता १८६ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार २३३६८ कारोबारबाट एक अर्ब ७२ करोड पाँच लाख ६६ हजार रुपैयाँ बराबरका ४८ लाख ६८ हजार ७० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए ।

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १४.७७ अंकले घटेर अन्तिम दिन १२१८.४६ अंकमा पुगेको छ ।

यो साता ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा २.९६ अंकले घटेर २५५.७५ अंकमा आईपुगेको छ ।

यो साता कारोबार रकम (सात करोड ३३ लाख ६० हजार रुपैयाँ) को आधारमा नेपाल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (दुई लाख ६९ हजार कित्ता) को आधारमा मेगा बैंक नेपाल लिमिटेड अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार संख्या (१३९६ वटा) को आधारमा उन्नती लघुवित्त वित्तीय संस्था लिमिटेड अग्रस्थानमा रहेको छ ।

यो साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob