scheduleशनिवार श्रावण ५ गते, २०७५

शिवम् सिमेन्टको प्रिमियमसहित मूल्यमा २ अर्ब २ करोडको आईपीओ निष्काशन हुँदै

काठमाडौं, ८ असार । नेपाल धितोपत्र बोर्डले शिवम् सिमेन्ट लिमिटेडलाई साधारण शेयर (आइपीओ) निष्काशनको अनुमति प्रदान गरेको छ । कम्पनीले बोर्डबाट स्थानीय बासीन्दाका लागि २ प्रतिशत तथा सर्वसाधारणका लागि १० प्रतिशतगरी जारी पूँजीको १२ प्रतिशत साधारण सेयर बिक्री गर्ने अनुमति पाएको हो ।

शिवम्ले ८ लाख ८० हजार कित्ता उद्योग प्रभावित स्थानीय बासिन्दाका लागि तथा ४४ लाख कित्ता सर्वसाधारणका लागि जारी गर्नेछ ।

स्थानीय बासिन्दाका लागि प्रिमियमसहित प्रतिकित्ता ३ सय रुपैयाँ तथा सर्वसाधारणका लागि प्रतिकित्ता ४०० रुपैयाँका दरले शिवम्ले आईपीओ निष्काशनको अनुमति पाएको नियामक निकाय नेपाल धितोपत्र बोर्डले जनाएको छ ।

कम्पनीले कुल २ अर्ब २ करोड ४० लाख रुपैयाँ बराबरको आइपीओ निष्काशन गर्नेछ ।

सिद्धार्थ क्यापिटल लिमिटेडले शिवम्को आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकको काम गर्नेछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob