scheduleशनिवार श्रावण ५ गते, २०७५

विश्वकपमा आज हुँदैछन् यी विशेष तीन खेल ?

काठमाडौँ, ७ असार । रुसमा जारी २१ औ संस्करणको विश्वकपमा आज तीन खेल हुँदैछन् । विश्वकपमा आज समूह सी को दुई खेल हुँदैछ भने समूह डी को एक खेल हुँदैछ ।

आज हुने पहिलो खेलमा समूह सी बाट डेनमार्क र अष्ट्रेलियाबीच हुनेछ ।

डेनमार्क र अष्ट्रेलियाबीचको खेल नेपाली समय अनुसार साँझ ५ः४५ मा सामरा एरिनामा हुनेछ ।

यस्तै यो समूहको दोस्रो खेलमा फ्रान्स र पेरुबीच खेल हुनेछ । उक्त खेल नेपाली समय अनुसार राति ८ः ४५ मा एकटेरियान स्टेडियममा हुनेछ ।

रुस विश्वकपमा आजबाट समूह डी को एक खेल हुँदैछ । आज राति हुने खेलमा अर्जेन्टिना र क्रोएसियाले खेल्दैछ । अर्जेन्टिना र क्रोएसियाबीचको खेल नेपाली समय अनुसार राति ११ः४५ मा नोभगोरोड स्टेडियममा सुरु हुनेछ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob