scheduleशनिवार श्रावण ५ गते, २०७५

उपत्यकामा बजार अनुगमन, सात व्यापारी नियन्त्रणमा, ठूला सपिङमलहरुमा पनि अनुगमन गरिन्छः मन्त्री यादव

काठमाडौं, ६ असार । उपभोक्ताको स्वास्थ्यमाथि गम्भिर खेलवाड गर्ने व्यापारीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उद्योग वाणिज्य तथा आपूर्ति विभागको बुधबार काठमाडौं उपत्यकाका केही पसलहरुमा अनुगमन गरी उपभोक्ता ठग्ने व्यापारीहरुलाई नियन्त्रणमा लिएको छ ।

विभागले अनुगमन गरी ठगी गर्ने व्यापारीहरुलाई पक्राउ गरेपश्चात उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले पत्रकारहरुसँग छोटो मन्तव्य दिँदै उपभोक्तामाथि खेलवाड गरी ठगी गर्नेलाई कारबाही गरिने बताए । मन्त्री यादवले अहिले साना तथा सामान्य पसलहरुमा मात्रै अनुगमन गरिएको तर चाँडै नै ठूला सपिङमलहरुमा पनि अनुगमन गरिने बताए ।

विभागले व्यापारीहरु पक्राउ गरेर ल्याएपछि त्यसबारे बुझ्न विभाग पुगेका मन्त्री यादव भने, ‘ठूला सपिङमलहरुमा पनि अनुगमन गरिनेछ र त्यहाँ केही लापरवाही गरेको पाइए उनिहरुलाई पनि छोडिन्न ।’

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशन अनुसार विभागबाट खटिएको विशेष अनुगमन टोलीले काठमाडौं र ललितपुरका २५ वटा थोक तथा खुद्रा पसलमा अनुगमन गरेको थियो । अनुगमनका क्रममा मूल्यसूची नभएको, सामानमा अधिकतम खुद्रा मूल्य उल्लेख नभएको र ठूलो मात्रामा म्याद गुज्रेका सामान फेला परेपछि टोलीले बालकुमारीका तीन ठूला गोदाममा सिलबन्दी गरी सञ्चालकलाई नियन्त्रणमा लिएको छ।

बालकुमारीस्थित बंगलामुखी ट्रेडर्स, तिमिल्सिना किराना खाद्य स्टोर र पञ्च स्टोरलाई सिल गरी सञ्चालकलाई नियन्त्रणमा लिइएको छ । त्यस्तै काठमाडौंका ४ र ललितपुरका ३ गरी ७ वटा पसलका सञ्चालकलाई थप अनुसन्धानका लागि काठमाडौं र ललितपुर जिल्ला प्रहरीमा बुझाएको छ ।

टोलीले भाटभटेनी सुपर मार्केट कलंकी, पञ्चस्टोर बालकुमारी, देव स्टोर घट्टेकुलो, शान्तिनगर सपिङ सेन्टर, कार्की स्टोर जोरपाटी, शिवज्योति टे«डर्स कालिमाटी लगायत २५ वटा थोक तथा खुद्रा पसलमा अनुगमन गरेको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob