scheduleशनिवार श्रावण ५ गते, २०७५

टिम्स रकम तत्काल व्यवस्थापन गर्न माग गर्दै पर्यटन श्रमिक संगठन यूनिट्राभ

कास्की, ४ असार । पर्यटन क्षेत्रको सबैभन्दा ठूलो मजदुर संगठन नेपाल ट्रेकिङ–ट्राभल्स– र्‍याफ्टिङ–एयरलाईन्स–संस्कृत–पुरातात्विक–कुरियर–कार्गो–कर्मचारी–मजदुर यूनियन (यूनिट्राभ) को पोखरामा सम्पन्न तेस्रो बैठकले टिम्सको रकम तत्काल व्यवस्थापन गर्न सरोकार पक्षको ध्यानाकर्षण गराएको छ । विभिन्न तीन वटा प्रस्ताव पारित गर्दै यूनिट्राभले उक्त ध्यानाकर्षण गराएको हो ।

टिम्सको एकद्वार प्रणालीको अन्त्यगरी सबैको सहभागीमा टिम्स कार्यदल बनाई उचित व्यवस्थापन गर्नुपर्ने यूनिट्राभको माग छ । साथै यसको बाँडफाँडमा २५% श्रमिकको लागि २५% पर्यटन बोर्डका लागि २५% टानका लागि र २५%/२५% संयूक्त कोषमा राख्नेगरी व्यवस्थापन गर्न यूनियनले सुझाएको छ ।

यस्तै यूनिट्राभले श्रम ऐन तथा श्रम नियमावली सामाजिक सुरक्षा ऐन र नियमावलीमा भएको प्रावधानअनुसार नियमसंगतरुपमा श्रमिकले पाउनु पर्ने सेवा सुविधा उपलब्ध गराउन पनि माग गरेको छ । संगठनले असार महिना भित्रै एयरलाएन्स क्षेत्रको साथै संस्कृति, पुरातात्वीक, ट्रेकिङ, ट्राभल्स, कुरीयर, कार्गोलगायत सबै क्षेत्रको जायज माग पत्र श्रम मन्त्रालय र पर्यटन मन्त्रालयमा पेश गर्ने पनि जनाएको छ ।

त्यस्तै यूनिट्राभले अन्नपूर्ण क्षेत्रमा विभिन्न संघसंस्थाबाट नियम विपरित विभिन्न शिर्षकमा सिण्डीकेट लगाई क्लबको नाममा श्रमिकसंग रकम असुल गर्ने कार्य भईरहेकोमा ध्यानाकर्षण भएको भन्दै त्यस्तो कार्य बन्द गराउन प्रशासनलाई लिखितरुपमा अनुरोध गर्ने निर्णय भएको यूनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीले जानकारी दिएका छन् ।

त्यस्तै संगठनले राज्यको संरचना अनुसार केन्द्र देखि स्थानीय तहसम्मको प्रदेश संरचना पनि निर्माण गरेको छ ।

संगठनले प्रदेश नं १ श्यामकुमार राइको संयोजकत्वमा यूनिट्राभ ११ सदस्यीय संगठन कमिटि बनाएको छ । जसको सदस्यमा मिङ्मा डेभिट शेर्पा, रामकाजी तिवारी, सुरेन्द्र गुरुङ, कालुमान मगर, लाक्पा सोना शेर्पा, भिम विक, अमृतकुमार रार्इ र दिपक भुझेल रहेका छन् ।

यस्तै प्रदेश ३ मिलन कुमार तामाङको संयोजकत्वमा अमर बहादुर तामाङ, फुडोमा शेर्पा, खिलानाथ दाहाल, उमेश अधिकारी, वासुदेव भण्डारी, गायत्री सापकोटा, विकास लामा, वीरसिंह दोर्जी तामाङ, नारायण प्रसाद दाहाल, वयानसिंह रार्इ, दिनेश थपलिया, प्रेम तामाङ, पुर्ण तामाङ, रत्नबहादुर मगर रहनेगरि प्रदेश कमीटी बनाएको छ ।

प्रदेश ४ यथावतको क्षेत्रिय कमिटिलार्इ प्रदेश नं ४ को संगठन कमिटिमा रुपान्तरण गर्दै केन्द्रिय कमिटिका उप-महासचिव तुलसिप्रसाद सुवेदीलार्इ प्रदेश इन्चार्ज तोकेको छ ।

प्रदेश ५ मा रामबहादुर श्रेष्ठको संयोजकत्वमा प्रशान्त ढुङ्गाना, हिमालकुमार उप्रेती, उमा भट्टराइ, टिकाराम नेपाली र पदम श्रेष्ठ सदस्य रहनेगरी प्रदेश नं ५ संगठन कमिटी बनाएको यूनिट्राभले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

NTC
Vianet
Sajhajob